|

काठमाडौं : संस्कृतिविद सत्यमोहन जोशी १०० वर्षमा प्रवेश गरेका छन्। शताब्दी पुरुष जोशी एक सयौं वर्षमा पुगेको अवसरमा ललितपुर महानगरपालिकाले सोमबार विशेष कार्यक्रम गरेको छ। 

जोशीले शताब्दी छोएको अवसरमा उनलाई बग्गीमा राखेर नगर परिक्रमा गराइएको छ। जोशीलाई मंगलबजारदेखि ईटी, कुमारीपाटी र जावलाखेल परिक्रमा गर्दै पुल्चोक लगिएको हो। जोशीलाई नगर परिक्रमा गराउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यान्ड पनि सहभागी थिए।

जोशीको एक सयौं जन्मोत्सवका अवसरमा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएका छन्। जोशीलाई शुभकामना दिन बिहानैदेखि उनको निवासमा शुभेच्छुकको भीड लागेको थियो। 

भिडियो :

सत्यमोहनको एक सयौं जन्म दिन मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा एक सय ११ सदस्यीय जन्मोत्सह मूल आयोजक समिति गठन गरिएको थियो। 

संस्कृतिविद् जोशी १०० वर्ष पुगेको अवसर पारेर सोमबार बिहान उनकै निवासमा आफन्तजनहरूले सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन्। बिहानै निवास पुगेका ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र आफन्तले सुश्वास्थ्य र दीर्घायूको कामना गरेका थिए।

त्यस अवसरमा जोशीको दिर्घायू र सुश्वास्थ्यको कामना गर्दै नेवारी परम्परागत शैलीमा पूजापाठ पनि गरिएको थियो। सरकारले पनि संस्कृतिविद् जोशीलाई नेपालको संस्कृतिलाई समृद्ध बनाउन दिएको योगदानको कदर गर्दै वाङमय शताब्दी पुरुषको सम्मान प्रदान गरिसकेको छ।

यो भिडियो पनि हेर्नुहोस्ः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.