|
www.innerengineering.com

शरीर अनित्य छ। कतिखेर कहाँ पुगेर जीवनको अन्त्य हुन्छ, कसैलाई थाहा हुँदैन। चाणक्य भन्छन्– धनसम्पत्ति र वैभव पनि सधैँ रहिरहँदैन। त्यसैले मृत्यु नजिक छ भन्ने सम्झेर राम्रा काम गर्नुपर्छ। धर्मको संग्रह गर्नुपर्छ। 

जबसम्म शरीर निरोगी रहन्छ, त्यतिवेलासम्ममै आफ्नो हित हुने वा पुण्यका काम गर्नुपर्छ। के थाहा, कतिखेर के हुन्छ? रोग लागेपछि, शरीरले नसक्ने वा प्राणान्त भएपछि के गर्न सकिन्छ र!

कस्तो वा कुन समय छ? मित्र को हुन्?, कुन कस्तो देश (स्थान) हो?, आम्दानी कस्तो छ?, खर्च कस्तो छ?, म को हुँ? र  मेरो शक्ति–सामर्थ्य कति छ भन्ने कुरा मानिसले सधैँ विचार गनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.