|

संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा अमेरिकी आप्रवासन थुनामा रहेका ग्वाटेमालाका १६ वर्षीय एक बालकको मृत्यु भएको छ।    

अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अनुसार टेक्सासको हिडाल्गो नजिक गत मे १३ मा अवैध रुपमा प्रवेश गरेका ती किशोरलाई सीमा सुरक्षा निकायले गिरफ्तार गरेको थियो।

नाम नखुलाइएका ती बालकको रियो ग्रान्डे भ्याली सेक्टरको वेस्लाको स्टेशनमा मृत्यु भएको थियो।

ती बालकको मृत्यु हुनुको कारण भने खुलेको छैन। गत डिसेम्बरयता अमेरिकी थुनामा मृत्यु हुने यी पाँचौं आप्रबासी बालक हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.