|

भारतीय लोकसभाका लागि भएको चुनाव प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जनमतसंग्रह बराबर मानिएको छ। मोदीलाई अर्को कार्यकालका लागि जनताले अनुमोदन गर्छन् वा गर्दैनन्, यहि चुनावले छिनोफानो गर्ने भएकाले उनका लागि यो चुनाव जनमतसंग्रह बराबर मानिएको हो।

मोदीलाई अमेरिकाको टाइम म्यागेजिनले प्रमुख विभाजकका रुपमा टिप्पणी गर्दै समाजलाई ध्रुविकरण गराएको आरोप लगाएको थियो। मोदी र उनको पार्टी भाजपाको भूमिका टाइम म्यागेजिनले भनेजस्तै थियो? यसको जवाफ बिहीबार साँझसम्म सार्वजनिक हुने पूर्ण जनमतले दिनेछ।

प्रारम्भिक नतिजामा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अग्रता लिएको देखिएको छ। बनारसबाट चुनाव लडेका प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी उमेद्वारभन्दा अघि छन्।

चुनावलगत्तै सार्वजनिक गरिएका मतसर्वेक्षणहरुले भाजपाले सफलता प्राप्त गर्ने ठोकुवा गरेका थिए। भारतको तल्लो सदन लोकसभाका लागि भएको यो निर्वाचन संसारकै ठूलो निर्वाचन हो। चुनावमा ९० करोड मतदाताले भाग लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.