सुरुवाती नतिजामा पछि परे

|

नयाँ दिल्ली : भारतमा सम्पन्‍न लोकसभा निर्वाचनको परिणाम धमाधम आउन थालेको छ। बिहीबार बिहानैदेखि सुरु भएको मतगणनाले सत्तारुढ भारतीय जनता पार्टीलाई बलियो अवस्थामा पुर्‍याउने देखाएको छ।

भाजपाले अग्रता लिइरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना गरेर चर्चामा आएका कन्हैया कुमारको भविष्यलाई लिएर धेरैजनाले चासो व्यक्त गरिरहेका छन् ।

लोकसभा चुनाव अन्तर्गत बिहारको बेगूसरायबाट भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैया कुमार मतगणनाको सुरुवाती नतिजामा पछि परेका छन्। 

प्रारम्भिक नतिजाअनुसार बेगुसरायबाट चुनाव लडेका चर्चित उम्मेद्वार कन्हैया कुमारलाई भाजपा उमेद्वार तथा केन्द्रीय मन्त्री गिरिराज सिंहले पछि पारेका हुन्।

जवहरलाल नेहरु विश्वविद्यालयका चर्चित विद्यार्थी नेता कन्हैया अहिले दोस्रो स्थानमा रहेका छन् । ताजा अवस्थामा बेगूसरायबाट गिरिराजले ८२३६४ मत पाएका छन् । 

उनलाई पछ्याइरहेका जेएनयुका पूर्वविद्यार्थी नेता कन्हैयाले ३९२०६ मत पाएका छन्। कन्हैयालाई जावेद अख्तर र प्रकाशराजसिहतका प्रखर हस्तीहरुले प्रचारप्रसारमा सघाएका थिए। तर देशभर चलेको भाजपा र मोदी लहरको प्रभाव बेगूसरायमा पनि देखिएको छ । मोदी सरकारका कटु आलोचक कन्हैयाले जित्छन् या हार्छन् ? चुनावी परिणामको अन्तिम नतिजा कुर्नुपर्ने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.