|
फाइल तस्बिर

रुकुम : रुकुम पूर्वमा यार्सागुम्बा संकलन गर्न जेठ १९ देखि फुकुवा गरिएको छ। यार्सा सिजन ब्यवस्थापन समितिले यार्सागुम्बा संकलनका लागि मिति तय गरेको हो।

यस वर्ष हिमपात भइरहेकाले यार्सा संकलनको सिजन केही ढिलो भएको हो । पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्बर १ र २ मैकोटमा अवस्थित पुपाल बुकी पाटनमा यार्सा संकलन गरिन्छ। यार्सा संकलनका लागि रुकुम पूर्ववासीका साथै विभिन्न स्थानमा मानिसहरु जाने गर्दछन्।

यार्सा सिजन व्यवस्थापन समितिका अध्यक्ष अमरधन पुनका अनुसार यार्सा संकलकहरु जेठ १७ मा दुलेमा जम्मा हुनुपर्ने छ। त्यहाँबाट एक दिनको पैदल यात्रापछि जेठ १९ मा औपचारिक रूपमा यार्सा सिजन फुकुवा गरिएको घोषणा गरिएसँगै यार्सा टिप्न सुुरु हुन्छ। त्यस क्षेत्रका स्थानीयहरु वर्षभरीको खर्च जोहो यार्सा संकलनबाट आएको रकमले गर्दै आएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.