|

बाँके : बाँकेका ७६ जना लागुऔषध प्रयोगकर्ताले मौखिक उपचार पद्धति (मेथाडोन) सेवन गर्दै आएका छन्। लागुऔषध प्रयोगकर्तालाई एचआइभी र हेपाटाइटिस वी बाट जोगाउन मेथाडोन सेवा प्रभावकारी भएको छ। मेथाडोन सेवा लिनेमा एचआइभी संक्रमितसमेत रहेको परिवर्तन समूहले जनाएको छ।

मेथाडोन सेवा लिइरहेका मध्ये १२ जना एचआइभी संक्रमितको मृत्यू भइसकेको भेरी अस्पतालले जनाएको छ। आफूलाई फुर्सद भएका बेला भेरी अस्पतालमा गएर लागूऔषध प्रयोगकर्ताले मेथाडोन प्रयोग गर्दै आएको अस्पतालका सूचना अधिकारी एवं एचआइभी÷एडस फोकल पर्सन डा. संकेत रिसालले बताए। बाहिर गएर भौतारिन नदिन अस्पतालले टिभी हेर्ने र मनोरन्जन गर्ने ब्यवस्था समेत मिलाएको छ। ‘फुर्सद भएकाहरू बाहिर नजाउन भन्ने उद्देश्यले बस्ने र मनोरन्जन गर्ने ब्यवस्था मिलाइएको छ’, उनले भने। 

कारागारमा लागुऔषधका २७५ र प्रहरीमा ५६ थुनुवा 

बाँकेमा दिन प्रतिदिन लागुऔषध प्रयोगकर्ता बढ्दै गएको तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको थुनुवा कोठामा मात्रै ५१ जना लागुऔषध प्रयोगकर्ता रहेको लाग‍ुऔषध ब्यूरो प्रदेश ५, नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले बताए। ती मध्ये एक जना महिला रहेको उनले जानकारी दिए। उनले जिल्ला कारागार बाँकेमा २७५ जना लागुऔषध मुद्दाका कैदी रहेको जानकारी दिए।

कारागारामा रहेका कैदी मध्ये १५ जना महिला रहेको उनले बताए। ‘कोही पुर्पक्षका लागि थुनामा छन्। कसैले अदालतबाट सजाय पाएर  कैद भुक्तान गरिरहेका छन्,’ थापाले भने ।  

तीन जिल्लाका पुनस्र्थापना केन्द्रमा २१३ लागुऔषधकर्ता

उनका अनुसार, बाँके, बर्दिया र दाङका विभिन्न पुनस्र्थापना गृहमा दुई सय १३ जना लागूऔषध प्रयोगकर्ता उपचाररत रहेका छन्। नेपालगन्जस्थित नव दृष्टि महिला पुनर्स्थापना केन्द्रमा पाँच जना महिलाले उपचार लिइरहेका छन्। उनले नेपालगन्जमा सवैभन्दा धेरै लागूऔषध प्रयोगकर्ता भएको बताए।

उनका अनुसार, दोस्रोमा खजुरा गाउँपालिका छ भने कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकामा पनि लागुऔषधको जोखिम बढ्दै गएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.