|
File Photo

सिन्धुली : सिन्धुलीको मरिण गाउपालिकामा खाल्डोमा ढुबेर विहीवार एक बालकको ज्यान गएको छ। सिन्धुलीको मरिण खोलामा मापदण्डविपरीत खोलाबाट ढुंगा, बालुवा निकाल्न क्रसरले खनेको पानीको खाल्डोमा डुबेर मरिण गाउँपालिका ७ का नेरमान श्रेष्ठका ८ वर्षीया छोरा मनिस श्रेष्ठको ज्यान गएको हो।

मरिण गाउँपालिका ७ कै बाह्रविशे महेश्वतानजिकै मरिण खोलामा नुहाउँन गएका बालक श्रेष्ठको गिट्टी बालुवा उत्खनन् गर्दा क्रसले बनाएको खाल्डोको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

बालकको मृत्युपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन्। मापदण्ड विपरित कन्स्ट्रसनले १५/२० फिटसम्म गहिरो खाल्डो बनाएर बालुवा निकालेपछि त्यस्ता खाल्डा नपुर्दा बालकको मृत्यु भएको भन्दै स्थानीय आक्रोशित भएका हुन्।

घट्ना स्थलमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरिक्षकको टोलीले पुगेको र घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

निर्माणाधिन हेटौडा–सिन्धुली–चतरा बैकल्पीक (मदन भण्डारी) राजमार्ग निर्माणको लागि मरिण खोलाबाट विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले मापदण्डविपरीत बालुवा उत्खनन् गर्दै आएको थियो। कन्स्ट्रक्सनले मरिण खोलामा मापदण्डविपरीत उत्खनन गर्दा त्यसले ठूलो जोखिम निम्त्याउने भन्दै स्थानीयले यसअघि देखि नै विरोध जनाउदै आएका थिए।

घटना पश्चात मृतक बालकका बुबा नेरमान श्रेष्ठको ठेकेदार कम्पनीको लापरबाहीले आफ्नो छोरो गुमाउनु परेको भन्दै अवैध उत्खनन्मा संलग्न निर्माण कम्पनीका ठेकेदारलाई तत्काल पक्राउ गरी कारबाही गर्नु पर्ने माग राखेका छन्।

त्यस्तै, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले निर्माण कम्पनीमाथि छानबिन गरी कारबाही हुनुपर्ने बताए। मरिण नदीभरी मापदण्डविपरीत क्रसर संचालन भएका र तिनले खनेको खाल्डोमा स्थानीयको जनधनको क्षेति हुने भन्दै पटक पटक खाल्डो पुर्न भनिए पनि ठेकेदारले अटेर गर्दा दुःखद घट्ना हुन पुगेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.