|

आफ्नो प्रयासले भ्याएसम्म सदाचारको रक्षा गर्नुपर्छ। धन त आइरहन्छ, गइरहन्छ। धन नष्ट हुँदा सदाचारी मानिस नष्ट हुँदैन। तर सदाचारबाट च्यूत भएको मानिस सबै कोणबाट नष्ट हुन्छ। 

सत्यबाट धर्मको रक्षा हुन्छ। योगबाट विद्या सुरक्षित हुन्छ। सफाइले रूपको रक्षा हुन्छ। सदाचारबाट कुलको रक्षा हुन्छ। मानिसको कुल उँचो भए पनि सदाचारबाट क्षीण  मानिस मान्य हुँदैन। निच कुलमा जन्मेको मानिस पनि सदाचारी भए श्रेष्ठ मानिन्छ।

चाणक्य भन्छन्, सुख–दुःख, उत्पत्ति–विनाश, लाभ–हानि र जीवन–मरण यी पटक–पटक सबैलाई प्राप्त हुन्छन्। त्यसैले ज्ञानी मानिसले यिनका लागि हर्ष र शोक गर्नु व्यर्थ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.