|

संसाररूपी विषवृक्षमा दुईवटा मात्र अमृत फल छन्। ती हुन्, रसिला प्रिय वचन र सज्जनसँगको संगत।

नीतिकार चाणक्यका अनुसार उदारता, प्रिय वचन, धीरता  र उचित कुराको ज्ञान यी कुरा अभ्यासबाट पाइँदैनन्। यी त स्वाभाविक गुण हुन्।

मधुर वचन बोल्नाले सबै जीव खुशी हुन्छन्। त्यसैले यस्तै वचन बोल्नु उचित हुन्छ। एक दिन छाड्नैपर्ने मानव चोलामा वचनको दरिद्रता किन?

कोइलीको आवाज सबैलाई मिठो लाग्छ। तर कोइली सँधै बोल्दैन। जबसम्म सबैलाई आनन्द दिने वाणी आरम्भ हुँदैन तबसम्म ऊ चुप नै रहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.