मित्र, स्त्री, इष्टमित्र र सेवक; यिनीहरू धनहीनलाई छाडिदिन्छन्। यदि त्यही मानिस धनी भए ती सबैले फेरि उसैको आश्रय लिन्छन्। त्यसैले यो संसारमा धन नै बन्धु हो।
चाणक्य व्यङ्य गर्छन्, जोसँग धन हुन्छ, मित्र उसैका हुन्छन्। बन्धु उसैका हुन्छन्। उसैको मानसम्मान हुन्छ। ऊ नै समाजमा प्रतिष्ठित गनिन्छ।
बरु बाघ र ठूल्ठूला हात्ती भएका जंगलमा बस्नु, त्यहाँ भेटिने फल–पात–झार खानु, पानी पिउनु, घाँसलाई बिछ्यौना बनाएर सुत्नु, रुखको बोक्रा लगाउनु। तर इष्टमित्र, आफन्तका नजिक धनहीन भएर बस्नु राम्रो होइन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।