|

इलाम : मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको छ । बुकिट जलिलस्थित राष्ट्रिय रंगशालामा भएको खेलको पहिलो हाफ बराबरीमा रोक्न सफल नेपाली टोलीले दोश्रो हाफमा दुुई गोल खाँदै हार्न बाध्य भयो।

खेलको ४९ औ मिनेटमा डिफेन्डर अनन्त तामाङले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अख्यर रसिदलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको अवसरलाई सफावी रसिदले गोलमा परिणत गर्दै मलेसियालाई अग्रता दिलाए ।

५८ औं मिनेटमा नवयुग श्रेष्ठले वान भर्सेस वानको अवस्थामा बराबरी गर्ने अवसर गुमाए । ८२ औं मिनेटमा मलेसियाले अग्रता दोब्बर बनायो । करिव २५ याड नजिकै अभिषेक रिजालले मलेसियाका अख्यर रसिद लाई फाउल गरेपछि पाएको फ्रिकिकमा नुर आजम अव्दुल अजिजको प्रहारलाई सहरुल सादले हेडरमार्फत् गोल गर्दै अग्रता दोब्ब बनाएका थिए । 

खेलको ६४ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै अभिषेक रिजालले राष्ट्रिय टोलीबाट डेब्यु गरे । मलेसियाविरुद्धको खेलमा पहिलो पटक बिमल राना र रवि पासवानले सुरुवाती ११ मा स्थान बनाउन सफल भएका थिए ।

प्रशिक्षक योहान कालिनले नियमित खेलाडीलाई विस्थापित गर्दै अन्तिम ३० मिनेटमा लगातार खेलाडी परिवर्तन गरेका थिए । नेपालले अब बिहीबार हुने मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेईको सामना गर्नेछ । कालिन मुख्य प्रशिक्षक भएर आएपछि नेपाल यसअघि कुवेतसँग २ मैत्रीपुर्ण खेलमा एक बराबरी र एकमा हार व्यहोरेको थियो । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.