|

ठूलो कुलको छ तर विद्याहीन छ भने त्यस्ताको के काम! सानो कुलको भए पनि विद्वान् छ भने त्यो मानिस देवताहरूबाट समेत पुजिन्छ

सुन्दरता र यौवनले भरिएको र ठूलो कुलमा जन्मिएको भए पनि विद्याहीन मानिसले शोभा पाउँदैन, जस्तो सुगन्ध नभएको पलासको फूलको महत्त्व हुँदैन।

विद्याहीन भएर बाँच्नु कुकुरको पुच्छरझैँ व्यर्थ हुन्छ। जसरी कुकुरको पुच्छरले गुप्त इन्द्रिय ढाक्न सक्दैन न त त्यसले टोक्ने किरालाई धपाउन सक्छ। मुर्ख मानिसले गोप्य कुरा राख्न सक्दैन न त उसले शत्रुको आक्रमणको प्रतिकार गर्न नै सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.