केपी ओली ठीक छन् तर सहयोगीले बिगारे

|
फाइल तस्बिर

बागलुङ : सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकलाई संशोधनसहित पारित गर्न राप्रपाले माग गरेको छ। राप्रपाका अध्यक्ष कमल थापाले बागलुङमा आयोजित पत्रकार सम्मेलनमा विधेयक फिर्ता गर्न आग्रह गरेका हुन्। 

आइतबार मिडिया नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले सरकारको ध्यानाकर्षण गराउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरिसकेको सुनाएका थिए। थापाले वर्तमान सरकारका हरेक क्रियाकलाप लोकतन्त्र विरोधी रहेको आरोपसमेत लगाए। 

अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएपनि सहयोगीहरुले बिगारेको बताए । ‘प्रधानमन्त्री ओली राष्ट्रवादी नेता हुन्। तर सहयोगीले एकपछि अर्को घटनामा अधिनायकबादी र देश विरोधी क्रियाकलाप गरेर समस्यामा पारे’, उनले भने, ‘सबैको अस्तित्व स्वीकार गर्ने संविधान र सरकार बनाउन जरुरी छ।’

गोलमेचमा जाऔँ

थापाले राजादेखि विप्लवसमेत अटाउने लोकतन्त्रको वैकल्पिक बाटो खोजी गर्न सरकारको ध्यानाकर्षण गराए। उनले सर्वपक्षीय गोलमेच सम्मेलनमार्फत् त्यो समस्याको समाधान गर्न सकिने पनि सुझाए। 

राष्ट्रिय सहमतिमा पुग्नका लागि गोलमेचनै उपयुक्त विधि हुने उनको ठहर थियो। राप्रपाको देशव्यापी आन्दोलन र यात्राको मुख्य माग पनि त्यही भएको उनले प्रष्ट्याए। 

थापाले हरेक सरकारु निस्तेजको राजनीतिमा लागेकोले दीगो शान्ति नभएको भन्दै स्थायित्वका लागि गम्भीर बन्ने बेला आएको बताए। यसअघि धेरै गल्ती भएको भन्दै अब गल्ती नगर्न सरकारको ध्यानाकर्षण गराएको पनि बताए। 

जनआन्दोलनताका माओवादीले भनेको गोलमेच सम्मेलन नगर्दा राजतन्त्र समाप्त भएको भन्दै उनले त्यतिबेला गोलमेच सम्मेलन गरेको भए राजतन्त्रसहितको प्रजातन्त्र कायम रहने बताए। 

कांग्रेसको भर छैन

फर्केर २०६२ सालमा जान नसके पनि सनातन हिन्दु बैदिक धर्ममा आधारित राज्य व्यवस्थाका लागि आफूले अगुवाई गरेको उनले बताए । कांग्रेसलाई ढुलमुले भएको आरोप पनि थापाले लगाए। 

‘कांग्रेस नेताहरु बिहान एउटा बोल्छन्, बेलुकी के खान्छन्, अर्कै बोल्छन्’ थापाले भने, ‘एक ढिक्का भएर निर्णय गर्ने भए हिन्दु राष्ट्रको पक्षमा उनीहरुकै अगुवाईमा जान तयार छौं।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.