|

सोयाबिन सामान्यत: युद्धको हतियार होइन। तर चीन–अमेरिका व्यापारयुद्धका क्रममा यो प्रमुख हतियारको रुपमा देखा परेको छ।

विश्वकै सर्वाधिक ठूलो खाद्यान्न खरिदकर्ताको रुपमा रहँदै आएको चीनले अमेरिकासँग सोयाबिन किन्न बन्द गरेको छ। चीनको यो निर्णयले अमेरिकी किसान मर्कामा परेका छन्। अमेरिकाले चीनियाँ सामग्रीमाथि भन्सार शुल्क बढाएपछि प्रतिकृयामा चीनले सोयाबिन नकिन्ने निधो गरेको हो।

अमेरिका ब्राजिलपछिको दोस्रो ठूलो सोयाबिन निर्यातकर्ता हो भने चीन विश्वकै ठूलो आयातकर्ता। प्रोटिनको मूल स्रोतका रुपमा पशुपालनमा सोयाबिनको प्रयोग हुन्छ। सन् १९८६ देखि २०१२ सम्म चीनमा मासुको खपत २५० प्रतिशतले बढेकोमा यो दशकको अन्त्यसम्ममा थप ३० प्रतिशतले बढ्ने आँकलन गरिएको छ। तसर्थ, स्वदेशी बजारबाट पूर्ति नहुने भएकाले चीनले अमेरिका र ब्राजिलबाट सोयाबिन खरिद गर्दै आएको थियो।

चीन–अमेरिकाबीचको व्यापारयुद्धले सोयाबिन उत्पादक र उपभोक्ता दुबै मारमा परेका छन्। समाचार एजेन्सीहरूका अनुसार चीनले यो वर्षमात्रै ५९ मेट्रिक टन सोयाबिन खरिद गरेको छ, जसको धेरै हिस्सा उसले भविष्यका लागि भण्डारण गरेको अनुमान गरिएको छ।

उता, उत्पादित सोयाबिन खेर जाने भएपछि ट्रम्प प्रशासनले किसानहरूलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.