|

काठमाडौं : फिफा महिला विश्वकपमा सोमबारको खेलमा अर्जेन्टिनाले जापानलाई गोलरहित बराबरीमा रोकेको छ। 

पार्स डेस प्रिन्समा भएको समुह ‘डी’ को खेलमा साविक उपविजेतासंग बराबरी खेल्दै अर्जेन्टिनाले महत्वपुर्ण १ अंक बटुल्न सफल भएको हो। अधिकांश समय जापानले बल नियन्त्रणमा राखे पनि गोलरक्षक भेनिना कोरेरालाई बिट गराउँदै गोल गर्न सकेन।

 १२ वर्षपछि विश्वकपमा स्थान बनाएको अर्जेन्टिनाले पहिलो पटक अंक बटुलेको हो। यसअघिका सन २००३ र २००७ को  विश्वकपको समुह चरणको सवै खेलमा अर्जेन्टिना पराजित बनेको थियो। 

समान अंक रहेपनि अर्जेन्टिना दोश्रो र जापान तेश्रो स्थानमा रहेका छन। खेल अवधीभर जापानका ३ जना खेलाडीले पहेलो कार्ड पाएका थिए। 

क्यानडा विजयी

त्यसैगरी मंगलबार भएको समुह ‘ई’ को पहिलो खेलमा कादिसा बुचानाको निर्णायक गोलको मद्धतले क्यानडाले क्यामरुनमाथि १-० गोल अन्तरको संर्घषपूर्ण जित निकालेको छ। 

अधिकांश समय बल पोजिसनमा राखेको क्यानडाले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता कायम गरेको थियो। जेनिन बेक्किको कर्नर प्रहारलाई हेडरमार्फत् जाली चुमाउँदै बुचानाले अग्रता दिलाएकी थिइन्। दोश्रो हाफमा सम्हालिएर खेल्दै क्यामरुनले गोल हुन दिएन। 

जितसँगै ३ अंकका साथ क्यानडा समुहको शीर्ष स्थानमा रहेको छ। आज नै हुने खेलमा समुह ‘ई’ को दोश्रो खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड र समुह ‘एफ’ को पहिलो खेलमा चिलीले स्विडेनको सामना गर्नेछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.