नयाँ दिल्ली : बलिउडका महानायक अमिताभ बच्चनको ट्विटर एकाउन्ट ह्याक भएको छ। उनीसँगै गायक अदनान सामीको ट्विटर ह्यान्डल पनि ह्याक गरिएको छ।
अमिताभ बच्चनको ट्विटर एकाउन्ट ह्याक गरेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको छ। त्यस्तै काम अदनानको ट्विटर ह्यान्डलमा पनि गरिएको छ।
अमिताभको ट्विटर ह्यान्डल सोमवार राति ह्याक गरिएको हो। अदनानको भने मंगलबार दिउँसो ह्याक भएको हो।
दुवैको ट्विटर ह्यान्डल ह्याक गरेपछि उनीहरूको प्रोफाइल फोटोको स्थानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको फोटा हालिएको छ। अदनानको ट्विटरबाट एकपछि अर्को धेरै ट्विट गरिएको छ।
एवाइवाइइल्डिज टिम नामका एक मानिस पाकिस्तानी शोमा नाच्दै गरेका मानिसको भिडियो हालिएको छ। अदनानको एकाउन्ट ह्याक गरिएपछि भिडियो र पाकिस्तानी झण्डा जस्तै अन्य तस्बिर हालएको छ।
अदनानको ट्विटरबाट धेरैवटा ट्विट गरिएको छ। जसमा लेखिएको छ, 'जो पनि हाम्रो भाइ देश पाकिस्तानको विरोध गर्छ, धोका दिन्छ। उसको प्रोफाइलमा पाकिस्तानी प्रधानमन्त्रीको तस्बिर प्रोफाइल पिक्चरका रूपमा देखिनेछ। साथमा पाकिस्तानी झण्डा पनि देखिनेछ। अमिताभको एकाउन्टमा पनि यस्तै पाकिस्तानी झण्डाको तस्बिर पोस्ट गरिएको थियो।
अदनान सामी सामाजिक सञ्जलामा धेरै सक्रिय छन्। उनी फ्यानसँग सामाजिक सञ्जाललबाटै जोडिइरहन्छन्। अमिताभ र अदनानको एकाउन्ट ह्याक गर्ने समूहको पहिचान भएको छैन। भारतीय सञ्चारमाध्यमले भने यो काम पाकिस्तानी साइबर क्राइम सेलको हुन सक्ने दाबी गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।