|

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले लोकसेवा आयोगको विज्ञापन समावेशी बनाउनुपर्ने बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोकसेवाले समावेशी नबनाइ प्रकाशित गरेको विज्ञापनलाई रद्द गरिनुपर्ने बताए । 

उनले वर्षौंदेखि तयारी गरिरहेका विद्यार्थी सडकमा आउनुपर्ने अवस्था आएको भन्दै संविधानविपरीत आएको विज्ञापन सरकारले सच्याउनुपर्नेमा जोड दिए। 'समावेशी नभएको विज्ञापन सच्याउनुपर्नेमा हठी दुधे बालकजस्तो भएर लागू गरेरै छाड्छु भन्यो', उनले भने, 'राज्यव्यवस्था तथा सुशासन समितिले रद्द गर्न निर्देशन दिँदा पनि सरकार मानिरहेको छैन। यो विज्ञापन खारेज गरियोस्।'

समावेशीताका आधारमा लोकसेवाको विज्ञापन नल्याएमा अप्ठ्यारो आउन सक्ने उनले चेतावनी दिए। 'यो विज्ञापनले समावेशी सिटलाई खुलातर्फ पठाउनुपर्ने हुन्छ। विज्ञापन फिर्ता लिनुपर्ने हुन्छ', उनले भने, 'गुठी विधेयकले धर्म र संस्कृतिमाथि प्रहार भएको छ। सरकारले होलीवाइनको प्रचार गरिरहेको छ।'

नेता झाले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन छिटो सार्वजनिक गर्न माग गरे। 'प्रधानमन्त्री र कानुनमन्त्रीले प्रतिबद्धता जनाउनुभएको छ', उनले भने, 'त्यहीअनुसार सार्वजनिक गरियोस् होइन भने भनियोस् कि यो सार्वजनिक हुँदैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.