|

भद्रपुर, (झापा) : नेत्र चन्द विक्रम (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को इलाम जिल्ला इन्चार्जसहित चार जना कार्यकर्ताले बुधवार पार्टी परित्याग गरेका छन्।

प्रहरीले पक्राउ गरेका इलाम जिल्ला इन्चार्जसहित चारजना कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय झापाले बुधबार धरौटीमा रिहा गरेलगतै उनीहरूले एक विज्ञप्ति जारी गरी पार्टी परित्यागको घोषणा गरेका हुन्। पार्टी परित्याग गरेका चारैजनाले जिल्ला प्रशासन कार्यालय झापाबाट बाहिरिएलगतै सत्ता पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्। 

पार्टी परित्याग गर्नेहरूमा ताप्लेजुङ मौवा खोला गाउँपालिका १ हाल दमक नगरपालिका २ बस्ने ३२ वर्षीय विजय दर्नाल विप्लव नेतृत्वको इलाम इञ्जार्च र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य, बुद्धशान्ति गाउँपालिका २ बस्ने ३८ वर्षीय गणेशकुमार विश्वकर्मा पार्टीको एरिया सदस्य र दलित मुक्ति मोर्चाको झापा जिल्ला अध्यक्ष, ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका  १ बस्ने २८ वर्षीय फुर्वा शेर्मा र सोही ठाउँका ३० वर्षीय विदुर शेर्पा पार्टीका एरिया पदमा रहेका छन्।

प्रहरीले इलाम इञ्जार्च दर्नाललाई जेठ ६ गते बिर्तामोडबाट, एरिया सदस्य विश्वकर्मालाई जेठ १२ गते बुट्टावारिबाट, एरिया पदका शेर्पाद्धयलाई चैत ३० गते ताप्लेजुङबाट पक्राउ गरी जेठ ३ गते झापा ल्याएका थिए।

उनीहरूले जारी गरेको विज्ञप्तिमा पार्टीले लिएको मार्गदर्शन र विचारलाई आत्मासाथ गर्दै अगाडि बढिरहेको अवस्थामा हाल त्यो पार्टीले विध्वंसात्मक काम गरेको हुनाले त्यसले लिएको लाइन र विचार प्रति हाम्रो असमर्थ रहेको हुनाले विप्लव नेतृत्वको नेकपा पार्टीबाट आजैकै मितिबाट पार्टी परित्याग गरेको छु भन्ने उल्लेख गरिएको छ।

उनीहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन्। पार्टी परित्याग गरेलगतै चारै जनाले बुधवारदेखि नै सत्ता पक्षको नेकपामा प्रवेश गरेका छन्। नेकपामा प्रवेश गरेका उनीहरूलाई नेकपाका झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, जिल्ला सदस्यद्वय नरेश सन्जेल, असारु राजवंशी लगायतले अबिर र खादा लगाएर स्वागत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.