|

काठमाडौं : जनता बैंक नेपाल लिमिटेडले एकैसाथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ सहित ६ वटा शाखा सुरु गरेको छ । 

नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलिएको हो । 

मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर श्री रमेशकुमार बस्नेतले गरे। उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुंबर क्षेत्री उपस्थित थिए ।

यसैगरी फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक सञ्जीब न्यौपाने र कीर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले गरे।

नयाँ खोलिएका शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा उपलब्ध गराइने छ । 

यसैबीच तनहुँको डुमेमा शाखा उद्घाटन सँगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ । 

स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परीक्षणसम्बन्धी सञ्चालन गरिएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ । 

यससँगै जनता बैंकको शाखा ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म १३५ पुगेको छ । बैंकले ५० शाखारहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र १०३ एटिएममार्फत् बैंकिङ्ग सेबा पुर्‍याउँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.