काठमाडौं : फ्रान्समा जारी महिला विश्वकपमा दक्षिण कोरियाले दोश्रो हार व्यहोरेको छ। समुह ए को पहिलो खेलमा आयोजकसँग ४–० ले पराजित कोरियालाई नाइजेरियाले २–० ले हराएको हो।
उपहार गोलबाट नाइजेरियाले अग्रता बनाएको थियो । २९ औ मिनेटमा कोरियाली डिफेन्डर किम–डो–योनले बल क्लियर गर्ने क्रममा आफनो पोष्टमा आत्मघाती गोल गरेकी थिइन्।
पहिलो हाफमा १–० गोलको अग्रत बनाएको नाइजेरियाले ७५ औ मिनेटमा दोश्रो गोल गर्यो । चिडिन्मा केरुका ओकेकेले सेन्टर नजिकैबाट दिएको क्रममा कोरियाली गोलरक्षक मिन–जोङ किम लाई छलाउँदै एसिसेट ओसोअलाले अग्रता दोव्बर बनाइन् ।
कोरियाले खेल आफनो पकडमा राखेपनि जित निकाल्न सकेन। दोश्रो खेलमा पराजय भएसँगै दक्षिण कोरियाको नकाउट चरण प्रवेश कठिन बनेको छ। उस्ले आगामी २ वटै खेलमा स्पष्ट जित निकालेको खण्डमा मात्र नकाउट चरणको सम्भावना कायम रहन्छ।
जितसँगै ३ अंकको साथ नाइजेरिया समुहको तेश्रो स्थानमा रहेको छ। अंकविहीन दक्षिण कोरिया चौथो स्थानमा रहेको छ। नाइजेरिया आफनो पहिलो खेलमा नर्वेसँग ३–० ले पराजित भएको थियो।
महिला विश्वकपा नाइजेरियाको एसियाली राष्ट्र विरुद्धको पाँचौ भेटमा दोश्रो जित हो। यसअघि सन १९९९ मा उत्तर कोरियालाई २–१ ले हराएको थियो। समुह चरणको दोश्रो खेलमा नाइजेरियाले पहिलो पटक जित निकालेको हो।
यसअघिका ७ खेलमध्ये ६ खेलमा पराजित बनेको थियो। दक्षिण कोरियाले विश्वकपमा सहभागीता जनाएको ८ खेल मध्ये १ खेलमा जित र १ बराबरी गरेको छ। सन २०१५ को संस्करणमा स्पेन विरुद्ध २–१ को जित र कोस्टारिकासँग २–२ गोलको बराबरी खेल्दै पहिलो पटक समुह चरण पार गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।