हिन्दु-बौद्ध धर्म मास्‍न गुठी विधेयक ल्याएको दावी

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले संघीय संसदमा पेश गरेको गुठी विधेयक तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकको धार्मिक, सांस्कृतिक पक्षलाई समाप्त पार्नेगरी ल्याइएको विधेयक तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएका हुन्। 

विधेयक तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अध्यक्ष राणाले चेतावनी दिएका छन्।  'हिन्दु तथा बौद्ध धर्मलाई नै नष्ट गर्ने गरी आएको विधेयकको विरोधमा जनता उत्रेका छन्', उनले भने, 'उनीहरुलाई परिचालन गरेर सरकारलाई विधेयक फिर्ता लिन बाध्य बनाउँछौं।'

अर्का अध्यक्ष लोहनीले सरोकारवाला निकायसँग छलफल गरेर उनीहरुले दिएको सुझावको आधारमा विधेयकलाई पुनःतर्जुमा गर्न सरकारको ध्यानाकर्षण गराए।

सरकारले भूमाफियाको मिलेमतोमा ल्याएको विधेयक आफ्नो पार्टीलाई स्वीकार्य नहुने चेतावनी उनले दिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले विधेयक तत्काल फिर्ता नलिए प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग मिलेर सरकारविरुद्ध आन्दोलन गर्ने स्पष्ट पारेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.