|
File Photo

सिन्धुली : सिन्धुलीको सुनकोशी नदीमा डुबेर बिहीबार एकजना बेपत्ता भएका छन्।

सुनकोसी गाउँपालिका–२ कुशेश्वर दुम्जास्थित कुशेश्वर मन्दिर नजिकै सुनकोसी नदीमा डुबेर काठमाडौंको किर्तिपुर बस्ने अन्दाजी २५ वर्षीय अमृत लामा वेपत्ता भएका हुन्। 

आफ्ना साथीसँग काठमाडौंबाट कुशेश्वर मन्दिर घुम्न आएका लामा सुनकोसी नदीमा पौडी खेल्न जादा बेपात्ता भएका प्रहरीले जनाएको छ। लामासँगै पौडी खेल्न गएका अन्यको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

नदीमा वेपत्ता भएको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरीले अहिले लामाको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए।

प्रहरी उपरीक्षक सिंहका अनुसार प्रहरी चौकी कुशेश्वर दुम्जाका प्रहरी नायव निरीक्षक सहितको टोलीले उनको खोजी कार्य गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.