|

काठमाडौं : ‘सुरक्षित रगत सबैका लागि’ नारासहित आज विश्व रक्तदाता दिवस मनाइँदै छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन्२००४ देखि संसारभर यो दिवस मनाउने गरिएको छ। ए, बी र ओ रक्त समूह पत्ता लगाई चिकित्सा विज्ञानको क्षेत्रमा नोबल पुरस्कार विजेता डा कार्ल ल्यान्डस्टिनरको जन्मदिन पारेर रक्तदानको महत्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ यो दिवस मानाउने गरिन्छ।

नेपालमा वार्षिक ३ लाख १५ हजार युनिट रगत खपत हुने र काठमाडौं उपत्यकामा मात्र दैनिक ४ सय युनिट रगत आवश्यक पर्ने अनुमान छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा २ लाख ६२ हजार ४ सय  ३९ जना रक्तदाता छन्। यसैगरी, तीन लाख ४४ हजार ९ सय ३३ जानमा रगत वितरण गरिएको तथ्यांकमा उल्लेख छ।

चिकित्सकका अनुसार मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ। मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ रगतमा प्लाज्मा ५४.३ प्रतिशत रातो रक्तकोषिका ४५ प्रतिशत र सेतो रक्तकोषिका ०. ७ प्रतिशत रहेको हुन्छ।

रगत शरीरमा रहेको रातो तरल पदार्थ हो यो प्लाज्मा र रक्त कोषहरूको समिश्रणबाट बनेको हुन्छ। यसले शरीरका कोषहरूमा ग्लुकोज,एमिनो एसिडलगायत पोषक तत्वहरूसँगै अक्सिजनलगायत आवश्यक पदार्थहरू पुर्‍याउने काम गर्दछ।

रगतले कार्वन डाइक्साइड, युरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरूलाई बाहिर निष्कासन गर्नसमेत सहयोग गर्दछ। मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ। मानिसको कुल वजनको ७ प्रतिशत रगत हुने बताइन्छ।

रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ०.७ प्रतिशत रहेको हुन्छ। मानिस जीवित रहनका लागि रगत नभई नहुने पदार्थका रूपमा रहेको हुन्छ। सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारारिमा कुनै हानि नोक्सान नहुने चिकित्सकहरूको भनाइ छ।

सामान्यतया १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुने चिकित्सकहरूको ठहर छ। रक्तदानबाट मृत्युको मुखमा पुग्न लागेका बिरामीहरूको ज्यान बचाउन मद्दत पुग्दछ। एकजनाले दिएको रगतबाट हाल तीनवटा पदार्थ बनाइ तीनजनाको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई जीवन दानुसमेत भन्ने गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.