|

पोखरा : दुई दिनअघि मात्रै गोली हानी लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले शुक्रबार ठूलो परिमाणमा बरामद गरेको छ।

प्रहरीले पोखरा महानगरपालिका–१० रामघाटको एक घरबाट ठूलो परिमाणको लागुऔषध बरामद गरेको हो। डेबिड तामाङको साथबाट डाईजापाम, फेनरागन र नुर्फिन गरी १ हजार ४६४ एम्पुल, फेन्सिडिल तीन बोरा (३३८ बोतल) र  नाइट्रोसन चक्की १०० थान बरामद गरेको कास्की प्रहरी प्रमुख निस्केका एसपी दानबहादुर कार्की जानकारी दिए।

रामघाटको उक्त घर लागुऔषध कारोबारीले गोदामको रुपमा प्रयोग गर्ने गरेको सूचना पाएपछि उक्त घरलाई घेरा हाली १८ वर्षका डेभिट तामाङ र करिब १३ लाख मूल्य बराबरको लागुऔषध बरामद गरेको एसपी कार्कीले जानकारी बताए। पक्राउ परेको तामाङ सिन्धुपाल्चोक शंखमुलका हुन्। 

प्रहरी नायब निरीक्षक सन्तोष सुवेदीको कमाण्डमा खटिएको टोलीले तीन बोरा फेन्सिडिलसहित ठूलो मात्रामा डाइजापाम र नर्फिन फेला पारेको हो। प्रहरीको प्रारम्भिक अध्ययनले सोही कोठाबाट लागुऔषध कारोबारीहरुले लागुऔषध बिक्री वितरण समेत गर्ने गरेको खुलेको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.