|

काठमाडौं : प्रदर्शनका क्रममा काठमाडौंको भद्रकालीमा राँगाको रगत सडकमा पोख्दै हिँड्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पूर्वराजा ज्ञानेन्द्र शाह समर्थित शिव सेना नेपालका कार्यकर्ताले हिन्दू राष्ट्रलगायत विभिन्न माग राखेर प्रदर्शन गर्दै जर्किनमा ल्याएको राँगाको रगत पोख्न थालेपछि पक्राउ गरिएको महानगरीय प्रहरी

परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले थाहा खबरलाई जानकारी दिए। दिउँसो ४ बजेतिर जर्किनमा रगत बोकेर प्रदर्शनमा उत्रिएकाहरूले एकाएक भद्रकाली सडकमा रगत पोखेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

पक्राउ परेका ९ जनालाई थप अनुसन्धानका लागि  सिंहदरबार प्रहरी कार्यालयमा राखिएको छ। उनीहरूका माग र सडकमा पोखिएको राँगाको रगतबारे सोधपुछ चलिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.