|

काठमाडौं : लोक दोहोरी गायक रामप्रसाद खनालको पञ्चेबाजा विशेष गीत 'दुलाह दुलही' सार्वजनिक भएको छ।

अमेरिकामा बस्दै आएका खनालले नेपाल आएर उक्त गीत निर्माण गरेका हुन्। लोक दोहोरी गीतको विकास र प्रदर्धनमा रहेका उनी अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्षसमेत हुन्।

खनालले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

गीतका शब्दसँगै स्वर पनि खनालको रहेको छ। उनलाई पूर्णकला बिसीले गायनमा साथ दिएकी छन्। थानेश्वर गौतमको संगीत रहेको गीतमा एरेन्जरको काम आशिश अबिरलले गरेका छन्।

गीतको भिडियोमा अभिनयसमेत गरेका शंकर बिसीले कोरियोग्राफ गरेका छन्। भिडियोको निर्देशन भने बिसी र खनालले संयुक्त रूपमा गरेका हुन्। उक्त भिडियोमा करिश्मा ढकाल, किरण केसी र शिवहरी पौडेलको पनि अभिनय रहेको छ।

हेर्नुहोस् भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.