|

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका सांसद जीवनराम श्रेष्ठले गुठी विधेयक तत्काल स्थगित गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा काठमाडौं ८ बाट निर्वाचित नेकपाका सांसद श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि विनियोजित वार्षिक बजेटमाथिको छलफलमा सहभागी हुँदै श्रेष्ठले गुठी विधेयक स्थगित गर्नुपर्ने माग गरेका हुन्।

'धर्म, परम्परा, निजी गुठीमाथि आक्रमण गर्ने गरी विधेयक ल्याइएको छ। यसलाई तत्काल स्थगित गरेर सरोकारवालासँग छलफल गरेर मात्रै यो विधेयक अगाडि बढाउनुपर्छ', उनले भने, 'निजी गुठीका अधिकार निमिट्यान्न पार्नेगरी प्राधिकरणको प्रवधान राखिएको छ।'

गुठीलाई व्यवस्थित गर्नुपर्ने भनेर विधेयक ल्याइए पनि त्यसले काठमाडौंका निजी गुठीका समस्या समाधान नगरेको श्रेष्ठको भनाइ थियो। उक्त विधेयकले उपत्यकाका जनतालाई प्रभावित गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.