|

हेटौंडा : प्रदेशको बजेट साउनबाटै कार्यान्वयन हुने दाबी प्रदेश सरकारले गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आइतबार आएको बजेटको विषयमा पत्रकार सम्मेलन गर्दै आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेट आर्थिक वर्षको सुरुवात देखिनै  कार्यान्वयन हुने दाबी गरेका हुन्।

प्रदेश सरकारका प्रवक्ता समेत रहेको मन्त्री ढुङ्गेलले प्रस्तुत भएको सबै बजेट कार्यान्वयन गर्ने समेत बताएका छन्। चालु आर्थिक वर्षमा कर्मचारीको अभाव, पर्याप्त कानुनको अभाव, नीति तथा योजना आयोगले पुर्णता नपाउनु लगायत रहेको भन्दै बजेट खर्च गर्न नसकेको स्वीकार गरेका हुन्।  

सांसदले रकम नपाउने 

प्रदेश ३ का सांसदले सांसद विकास कोष वा अन्य कुनै पनि नामले सांसदले मात्रै छुट्टै बजेट नपाउने भएका छन्। प्रदेशको सन्तुलित विकासको लागि भनेर प्रदेश सरकारले १ अर्ब ९८ करोड छुट्याएता पनि उक्त बजेटको रकम खर्च गर्ने क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, उक्त क्षेत्रका समानुपातिक र प्रत्यक्ष सांसदसहितको उपस्थितिमा प्रदेश सरकारले योजना दिने गरि कार्यविधि बन्ने मन्त्री ढुंगेलले दावी गरेका हुन्।

प्रदेश सरकारको बजेट कार्यान्वयन बारेमा जानकारी दिन प्रत्येक ३ महिनामा प्रदेशको राजधानीमा पत्रकार सम्मेलन गर्ने पनि मन्त्री ढुंगेलले जानकारी दिए। 

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले सरकारको अनुगमन प्रभावकारी हुन नसक्दा बजेटको प्रभावकारितामा प्रश्न उठ्ने गरेकाले अब प्रदेश सरकारले गर्ने कामका योजनाको अनुगमनको कामलाई प्रभावकारी बनाइने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.