|

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयको स्थापना दिवसको कार्यक्रम स्थलबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न अनेरास्ववियुले माग गरेको छ।

अनेरास्ववियुका संयोजक ऐनबहादुर महर र सहसंयोजक रञ्जित तामाङ हस्ताक्षरित विज्ञप्तीमा पक्राउ गरिएका विद्यार्थी नेतालाई तत्कारल रिहा गर्न माग गाग गरिएको छ। यसको साथै, विद्यार्थीमाथि गरिएको दमनको भत्र्सना गरिएको छ। 

विज्ञप्तीमा विश्वविद्यालयजस्तो प्राज्ञिक थलोले प्रायोजनको नाममा निजी क्याम्पसको विज्ञापन हुने गरी गरी टि–सर्ट वितरण गर्ने कार्य नाजायज भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ। साथै, गिरिफ्तार गरिएका विद्यार्थी नेताहरुलाई अविलम्ब रिहा गर्न र उत्पन्न समस्यालाई सहज रुपमा सुल्झाउन आग्रह गरिएको छ।

विश्वविद्यालयले नवौं स्थापना दिवसका अवसरमा टि—सर्ट प्रायोजकका वहानामा मध्यपश्चिम विश्वविद्यालयसँग सम्बन्ध नै नभएका काठमाडौंका निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्।

मध्यपश्चिम विश्वविद्यालयमा झडप, एक प्रहरी घाइते

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.