|
फाइल फोटो

काठमाडौं : टि-ट्वान्टी विश्वकप छनोटको एसिया फाइनल खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ।

पारस खड्काको कप्तानी र उमेश पटवाल प्रशिक्षक रहेको टोलीको मंगलबार घोषणा भएको हो।  

नेपाली टोलीमा २५ सदस्यको प्रारम्भिक टोली रहेको छ। टोलीमा कप्तान खड्कासँगै ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी रहेका छन्।  

त्यसैगरी, जितेन्द्र मुखिया, सन्दीप जोरा, सुशान भारी, कुशल भुर्तेल, भीम सार्की, अविनाश बोहोरा, अमित श्रेष्ठ, नन्दन यादव, पवन शर्राफ, राजु रिजाल र शाहब आलमले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन्।

नेपाली टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि हुने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। फाइनलको तयारीका लागि नेपाली टोली विदेश भ्रमणमा पनि जाने शिवाकोटीले बताए।

यो प्रतियोगिता जुलाई २० देखि २८ सम्म सिंगापुरमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.