|
प्रतीकात्मक तस्विर http://joy105.com

जोसित न विद्या छ, न तप। न दान छ, न शील। न गुण छ, न धर्म नै छ। त्यस्ताहरू मानिसरूपी पशु पृथ्वीलाई भार बनाएर घुमिरहेका छन्।

अति क्रोध, कटु वचन, दरिद्रता, आफ्नाहरूसँगको वैरभाव, नीचसितको संगत, कुलहीनको सेवा; यी नरकबासका चिह्नहरू हुन्।

दुर्जनलाई सज्जन तुल्याउने उपाय पृथ्वीमै छैन। किनभने मल त्याग्ने इन्द्रिय (मलद्वार) लाई सयपटक धोए पनि त्यो श्रेष्ठ इन्द्रिय (मुख) बन्न सक्दैन।

जसको आफ्नो बुद्धि छैन, विवेक छैन, त्यसलाई शास्त्रले के गर्न सक्छ? आँखा नहुनेलाई ऐना के काम?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.