|

काठमाडौं : अमेरिकी, नर्वेजियन तथा फिनल्याण्ड दूतावासहित १४ अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा जात, धर्म, सम्प्रदाय र राजनीतिक दलका आधारमा सहायता नदिने घोषणा गरेका छन्।

अन्तर्राष्ट्रि स्वीकृत सिद्धान्तका आधारमा जवाफदेही र निष्पक्ष रुपमा पारदर्शी तथा समावेशी सहयोग गर्ने भन्दै कार्यक्रम सञ्चालनका लाग १५ बुँदे आधारभूत मार्गदर्शन नै जारी गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ।

संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, डानिडा प्रोग्राम सपोर्ट युनिट नेपाल, स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन एसडिसी, नर्वेजियन दूतावास, आइएनजिओहरुको संघ, अस्ट्रेलियन एड, कोरियन विकास संस्था कोइका, फिनल्याण्ड दूतावास, जर्मन सहयोग नियोग, नेदरल्यान्ड विकास संगठन, अमेरिकी दूतावास, युके एड र जाइकाले आधारभूत मार्गदर्शन जारी गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.