|

मिनी विश्वकपको उपमा पाएको कोपा अमेरिका फुटबलमा ब्राजिलले भेनेजुयलासँग अंक बाँडेको छ।  बुधबार बिहान भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेले।

खेलमा ब्राजिलले दुई गोल गरे पनि भिडियो एसिस्टेन्स रेफ्रीका कारण दुबै गोललाई मान्यता दिइएन। पहिलो हाफमा रोबेर्टो फेरमिन्होले ब्राजिलका लागि गोल गरे पनि भीएआरले त्यसलाई मान्यता दिएन। त्यसपछि फेरी गाब्रियल जिससको प्रयासमा फिलिप कोउन्टिन्होले अन्तिममा गोल गरे पनि फेरि भिएआरले अफसाइड दियो।
त्यस्तै आजै भएको समूह ए काे  अर्को खेलमा पेरुले बोलिभियालाई ३–१ गोल अन्तरले हरायो। 

यो बराबरीले समूह ए मा ब्राजिल, पेरु र भेनेजुयलाको अन्तिम १६ मा पुग्ने बाटो खुल्ला रहेको छ। ब्राजिल र पेरुको दुई खेलमा समान चार चार अंक रहेको छ। भेनेजुएला २ अंक सहित तेस्रो स्थानमा रहँदा बोलिभियाले भने अंक जोड्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.