|

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको बिहीवार बिहान मृत्यु भएको छ।  

पुर्चौडी नगरपालिका–४ का वडा अध्यक्ष समेत रहेका भट्टको मोटर साइकल दुर्घटनामा परि मृत्यु भएको हो।  मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।   

वडाअध्यक्ष भट्ट वडा कार्यालयबाट घर जादै गर्दा गत बुधवार पुचौडी–४ को चक्कीबगड भन्ने स्थानमा बा.२ ब.२५२ नम्बरको मोटरसाईकल दुर्घटनामा परेका थिए। 
दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको जिल्लामा उपचार हुन नसक्दा  थप उपचारका लागि कोहलपुर रेफर गरीएको थियो।

कोहलपुर मेडिकल कलेजमा सघन उपचार कक्ष (आइसियु)  राखेर उपचार हुदाहुदैं  भट्टको बिहान ३ बजे मृत्यु भएको हो।  यसैबिच वडा अध्यक्ष तथा नगरप्रवक्ताको निधन भएपछी पुर्चौडी नगरपालिकाले बिहीवार शोक सभा पारीत गर्दै बिहीवार एक दिन नगरपालिकाका सम्पुर्ण कामहरु स्थगन गरिने नगरप्रमुख रण बहादुर कुँवरले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.