|

अर्घाखाँची : रूखबाट खसेर कपिलवस्तुमा एकजनाको ज्यान गएको छ। यसरी मृत्यु हुनेमा कपिलवस्तु विजयनगर २ निवासी ६१ वर्षीय मन्नी थारू रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।

घरनजिकै रहेको इन्द्रेणी सामुदायिक वनमा महुवाको दाना टिप्नेक्रममा हाँगा लाछिएर भुइँमा खसेर घाइते भएकी थारूको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गणेशपुर इप्रकाका प्रहरी निरीक्षक नवीन पौडेलले जानकारी दिएका छन्। उनीसँगै गएका एकजना सकुशलै रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.