|

चितवन : शनिबार हुने भनिएको पाँचौँ चितवन च्याम्पियनसिप कपको फाइनल खेल स्थगित भएको छ। जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर र अभिषेक चर्च रजहरबीचको उपाधि भिडन्त वर्षाका कारण स्थगित भएको आयोजक एभ्रेष्ट क्लबका सचिव विकास कोइरालाले जनाकारी दिए। 

शनिबार विहानैबाट परेको वर्षाले खेल मैदान खेल खेल्न नमिल्ने भएको साथै दर्शक तथा फाइनल खेलका अतिथिलाई कार्यक्रमस्थलमा पुग्न समस्या पर्ने भएकाले खेल स्थगित गरीएको आयोजकले जनाएको छ। उनका अनुसार आज स्थगित गरिएको फाइनल खेल आइतबवर दिउँसो साढे ३ बजे हुने छ।

उपाधि भीडन्त निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। यी दुई टोलीले उपाधि दावेदारका रुपमा रहेका पुर्वविजेता टिमलाई पाखा लगाउदै फाइनल भिडन्त पक्का गरेका हुन। प्रहरीले आफ्नै खेल मैदानमा हुने फाइनलको फाईदा लिने सोच बनाएको छ भने रजहर प्रहरीलाई उसकै खेलमैदानमा पराजित गर्दै उपाधि हत्याउने दाउमा रहेको छ। 

सेमिफाइनलमा प्रहरीले देशभक्त फुटबल क्लब परासीलाई पराजित गरेको थियो भने रजहरले पुर्व विजेता जु फुटबल क्लब जुगेडीलाई पराजित गर्दै फाइनलमा पुगेको हो। यस्तै क्वार्टरफाइनलमा रजहरले सुन्धारा फुटबल क्लब काठमाडाैंलाई र प्रहरीले डिफेन्डिङ च्याम्पियन फोर ब्रदर्श गैडाकोटलाई पराजित गरेको थियो। 

शुक्रबार हुने भनिएको तेस्रो स्थानको खेलमा देशभक्त फुटबल क्लब सहभागी नभएपछि पूर्वविजेता जु फुटबल क्लब जुगेडी स्वतः तेस्रो बनेको छ। प्रतियोगिताको विजेताले ३ लाख, मेडल र प्रमाणपत्र तथा उपविजेताले १ लाख ५० हजार मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै तेस्रो हुनेले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

गत जेठ २४ गतेदेखि जारी प्रतियोगितामा जिल्लाका ८ र जिल्लाबाहिरका ८ गरी १६ टिम सहभागि भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.