|

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिकाको एक विद्यालयमा शंकास्पद वस्तु भेटिएको छ। गाउँपालिका-९ लोखिमस्थित जनता माध्यमिक विद्यालयको प्रांगणमा शंकास्पद वस्तु भेटिएको प्रत्यक्षदर्शी एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तरकुवीर राईले जानकारी दिए।

प्रत्यक्षदर्शी राईका अनुसार विद्यालय प्रांगणमा राखिएको बाल क्लव, विद्यालय र राष्ट्रिय झण्डा उखेलेर सोही स्थानमा तारले बेरेको अवस्थामा सानो वस्तु राखिएको छ। उक्त वस्तुलाई रातो कपडाले समेत बेरेको अवस्थामा स्थानीयले सोमबार बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए। विद्यालय जस्तो पवित्र क्षेत्रमा यस्तो गतिविधि हुनु निन्दनीय कार्य भएको व्यवस्थापन समितिका अध्यक्ष राईको भनाइ छ।

प्रहरी टोली पठाएका छौँ : प्रजिअ

यता, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले भने शंकास्पद गतिविधि भएको भन्ने सूचना पाएपछि थप अनुसन्धनको लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिए। प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै वास्तविकता आउने प्रजिअ रानाले बताए। उक्त विद्यालय दुई दिनदेखि मिनपच्चिसको बिदा दिएकाले बन्द रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.