|

जनकपुरधाम : नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव प्रदेश २ का जिल्लामा  परेको छ। धनुषा, सिरहा, सप्तरी, महोत्तरी लगायतका जिल्लाहरूबाट लामो दूरीका गाडी चल्न सकेका छैनन्।

मोटरसाइकल र सानो दूरीको गाडी मात्र फाटफुट रुपमा चलेको देखिन्छ। पूर्वपश्चिम राजमार्गमा भने बन्दको प्रभाव बढी परेको छ। राजमार्ग सुनसान बनेको छ।
लामो दूरीको गाडी नचल्दा धार्मिक तथा पर्यटकीय नगरी जनकपुरमा पनि चलहल पहल घटेको व्यावसायी बताउँछन्। सधैं भीड हुने जानकी मन्दिरमा पनि खासै आन्तरिक तथा बाह्य पर्यटक देखिएको छैन। बन्दले बजारमा प्रभाव परेको छ।

प्रदेश २ का जिल्लाहरूमा विप्लवका संगठन मजबुत छैन। तर डरकै कारण बन्दको प्रभाव पर्ने गरेको सर्वसाधारण बताउँछन्। यहाँ विप्लवको कार्यकर्ता नभए पनि बस नचलाउन पत्र पठाएपछि बन्द राखेको जनकपुरका एक बस व्यावसायीले बताए।

सरकारले प्रतिबन्ध लगाएका नेकपाले आफ्ना पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको भन्दे बन्दको आह्वान गरेको छ। तर प्रहरीले मुठभेडमा उनी मारिएको दावी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.