|

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोके बजारमा मंगलवार नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ता बीच झडप हुँदा दुवै पक्षका कार्यकर्ता घाईते भएका छन्।

खानेपानी मन्त्री विना मगरलाई पुर्नवास र बेलौरी नगरपालिकाका नगरसभा उद्घटनका लागि आउन लागेका बेला नेपाली कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाउन थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टले बताए।

झडपमा परी कांग्रेसका विक्रम चन्द र गोपी उपाध्याय घाइते भएको उनले बताए। कांग्रेसका जिल्ला सभापती हरि बोहराका अनुसार हरेन्द्र बिष्ट, तोयप्रसाद शर्मा, पदम देउवा, चन्द्रमणी गैरे र कृष्ण बहादुर चन्दसमेत घाइते भएका छन्।

नेकपाका दीपक तिमिल्सीना, बल बहादुर तामाङ, सुरेश अधिकारी र गुडडु धामीसमेत झडपमा परी घाइते भएका छन्। दुवै तर्फका घाईतेहरुको कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पताल र माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ  

हावाहुरीका कारण क्षति पुगेको क्षेत्रका प्रभावित बासिन्दाका लागि मन्त्री मगरले केही नगरेपछि त्यसको विरोध स्वरुप कालो झण्डा देखाउने क्रममा नेकपाका कार्यकर्ताहरूले आक्रमण गरेपछि झडप भएको घाइतेमध्येका कांग्रेसका नेता हरेन्द्र विष्टले बताए। 

नेकपाका कार्यकर्ताले भने मन्त्री मगरको स्वागतमा जान लागेका बेला कांग्रेसका कार्यकर्ताहरुले आक्रमण गरेपछि झडप भएको बताएका छन्। अहिले अवस्था सामान्य भएको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.