|
फाइल तस्बिर

पर्सा : मंगलबार राति अचेत अवस्थामा फेला परेका एक पुरुषको वीरगन्जमा मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका-११ मुर्ली चौक नजिकै रहेको एसबिआई बैंकअगाडि मंगलबार राति अचेत फेला परेका पुरुषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो।

मृतक ४०-४२ वर्षको जस्तो देखिने भए पनि उनको पहिचान नखुलेको पर्सा प्रहरीले जनाएको छ। छेउमा रिक्सा रोकी सडकको पेटीमा सुतिरहेको अवस्थाका नामथर वतन नखुलेका व्यक्ति अचेत छन् भन्ने सूचना पाएपछि उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको थियो। उनको उपचारको क्रममा त्यहि मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

अचेत अवस्थामा फेला परेका मानिसको अवस्था हेर्दा मादक पदार्थसमेत सेवन गरी त्यहाँ रिक्सा चलाएर आएका रिक्साका चालक भएको हुनेसक्ने प्रहरीको अनुमान छ। मंगलबार उखरमाउलो गर्मीमा उनले खाएको खानाले ‘फुडपैजन' समेत भई अचेत भएको हुनसक्ने पर्सा प्रहरीको ठहर गरेको छ। 

अहिले पहिचान नखुलेका मृतकको शव वीरगन्जको नारायणी अस्पतालमा नै पोष्टमार्टमका लागि राखिएको पर्साका प्रहरी नायव उपरीक्षक शर्माले बताए।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.