|

बुटवलः चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री शंकर पोखरेल सोमबार मित्र राष्ट्र चीनतर्फ प्रस्थान गरेका छन्। चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट मुख्यमन्त्री पोखरेल छेन्दु प्रान्ततर्फ प्रस्थान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निजी सचिवालयले जनाएको छ।

मुख्यमन्त्री पोखरेल सहितको १९ सदस्यीय टोली असार २५ मा स्वदेश फर्कने छ। 

मुख्यमन्त्रीको भ्रमण दलमा नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, नेकपा प्रदेश ५ कि सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी, स्वकीय सचिव तिरनराज गौतम, युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द, मञ्जुदेवी साह तथा पत्रकारहरू मोहन बास्तोला र देविका घर्ती छन्। 

भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गर्ने बारेमा समझदारी हुनेछ। त्यसैगरी सिचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुनेछ। 

कार्यबाहकमा कानुनमन्त्री केसी 

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल चीन प्रस्थान गरेपछि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पाएका छन्। मन्त्री केसीले असार २५ गतेसम्मका लागि उक्त कार्यभार सम्हाल्ने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.