|

डडेल्धुरा : डडेल्धुरामा आइतबार सम्पन्न ११औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि अमगरगढी नगरपालिकाले जितेको छ। अमरगढीले विभिन्न विधामा १७ स्वर्ण, १८ रजत र ५ कास्य हात पार्दै उपाधि जितेको हो।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सम्पन्न प्रतियोगितामा परशुराम नगरपालिका दोस्रो भएको छ। परशुरामले ८ स्वर्ण, ५ रजत र ४ कास्य जित्दै दोस्रो स्थान हासिल गर्न सफल भएको हो।

प्रतियोगितामा अजयमेरु गाउँपालिकाले तेस्रो स्थान हात पारेको छ। अजयमेरुले ५ स्वर्ण, १० रजत र ८ कास्यसहित तेस्रो स्थान हात पार्न सफल भएको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले जानकारी दिए। यो प्रतियोगिताबाट छनौट भएका खेलाडीले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउने उनको भनाइ छ।

प्रतियोगितामा प्रथम हुने राष्ट्रपति रनिङ शिल्डसँगै १५ हजार नगद पायो। द्वितीय र तृतीय हुने गाउँपालिकाले कप, मेडल र प्रमाणपत्रसहित क्रमशः १२ हजार र ९ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बर भण्डारीले जानकारी दिए

डडेल्धुरा सदमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा सम्पन्न प्रतियोगिमा भलिबल, कराते, कबड्डी, एथ्लेटिक्सलगायतका खेलबीच प्रतिस्पर्धा गराइएको थियो।

प्रतियोगिताको आइतबार प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति निरादेवी जैरुले उद्घाटन गरेकी थिइन्। उपाधि जितेको अमगरगढीको टिमलाई अविर लगाइ नगर परिक्रमा गराइएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.