|

दाङ: दाङमा एक बालिकालाई सामुहिक बलात्कार गरेको मुद्दामा दोषी ठहर गर्दै २ जनालाई १२/१२ बर्ष कैद फैसला भएको छ।

दाङ देउखुरी जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका ३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२/१२ वर्ष कैद फैसला गरेको हो।

न्यायाधीश हेमन्त रावलको इजलासले १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२ र १२ वर्ष कैद र पीडितलाई दुवैजनाबाट ५०/५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो। यसैबीच घोराही उपमहानगरपालिका १५ का ऋषिराज आचार्यलाई बलात्कार मुद्दामा जिल्ला अदालतले सफाई दिएको छ।

घरमा काम गर्न राखेकी एक बालिकालाई पटक पटक बलात्कार गरेको मुद्दामा आचार्यलाई प्रहरीले पक्राउ गरेको थियो।

पूर्पक्षका लागि कारागार चलान भएका आचार्यलाई निर्दोष रहेको भन्दै न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले सफाई दिएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.