|
फाइल तस्बिर

रसुवा : चीनसँगको एक मात्र अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुवेशी सडकखण्ड पुनः अवरुद्ध भएको छ। 

सोमबार परेको अविरल वर्षाले मैलुङदेखि स्याफ्रुवेशीसम्मका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। वर्षाले सडकको ठाउँठाउँमा ढुङ्गा झर्नुका साथै पहिरो गएकाले सडक अवरुद्ध भएको प्रहरी निरीक्षक ईश्वरी भण्डारीले बताए। 

सडक अवरुद्ध भएपछि बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुवेशी सडकबाट सवारीको आवतजावत भइरहेको छ। सडक सञ्चालनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ। उक्त सडक पहिरोले तीन दिन अवरुद्ध सडक सोमबार मात्र सञ्चालनमा आएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.