काठमाडौं : सिद्घार्थ बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आषाढ २४ गते रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलाई २ लाख ५० हजार ७ सय २५ रूपैयाँ बराबरको चेक प्रदान गरेको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले उक्त रकम रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलाईं हस्तान्तरण गरेका हुन्। बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा यसलाई निरन्तरता दिँदै जाने कुरा उनले जानकारी गराए।
बैंकबाट प्राप्त उक्त रकम १६ महिला विद्यार्थीको शिक्षाका निम्ति प्रयोग गरिने ट्रस्टले जनाएको छ। गैरसरकारी संगठनसँग संग्लग्न भई विभिन्न देशका जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारका लागि महिला शिक्षाका लागि ट्रस्टले कार्यरत हुँदै आइरहेको छ।
बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ सेवा, १७२ एटिएम र १ हजार ३०० भन्दा बढी पिओस मेसिनमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।