|

काठमाडौं : नायिका शिल्पा पोखरेलले श्रीमानबाट घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी गरेकी छिन्। नायिका पोखरेलले श्रीमान छविराज ओझाबाट आफू असुरक्षित रहेको भन्दै शान्ति सुरक्षा पाऊँ भन्दै उजुरी दिएको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता  प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए।

उनले भने, ‘हो शान्ति सुरक्षा माग गर्दै हामीलाई उजुरी गर्नुभएको छ हामीले दुवैलाई छलफलमा बोलाएका छौँ।'

अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि चलचित्र निर्माता ओझा अभिनेत्री पोखरेलसँग २०७३ सालको दसैंताका विवाह बन्धनमा बाँधिएका थिए। उनीहरू दुवैले विवाह गरेको तत्कालै स्वीकार नगरे पनि गत वर्ष मात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए।

छविले शिल्पालाई ‘लज्जा’ चलचित्रबाट डेब्यु गराएका थिए। शिल्पाले त्यसपछि छविको ब्यानरमा निर्माण भएको ‘मंगलम’ तथा ‘हवल्दार सुन्तली’ मा अभिनय गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.