|

इटहरी : सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आज ११ वटा स्वर्ण पद पदकको छिनोफानो भएको छ । एक सय मिटर दौडमा महिला र पुरुष, १५ सय मिटर दौडमा महिला र पुरुष, सटपुटमा महिला र पुरुष, हाइजम्पमा महिला र पुरुष, कराँते एकल काँता महिला र पुरुष तथा महिला फुटबलको पदक छिनोफानो भएको हो ।

शनिबारसम्म सकिएका खेलबाट नेपाल आर्मीले ५ स्वर्ण ४ रजत र ४ कास्य जितेको छ। नेपाल प्रहरीले ३ स्वर्ण २ रजत र ४ कार्य जितेको छ।

सशस्त्र प्रहरी बलले २ स्वर्ण ३ रजत २ कास्य जितेको छ। मध्यपश्चिमाञ्चल विकासले एक स्वर्ण जितेको छ भने मध्यमाञ्चल विकास क्षेत्रले २ रजत र एक कास्य जितेको छ। सुदूरपश्चिमाञ्चल विकास क्षेत्रले पनि दुई वटा कास्य पदक जितेको छ। पश्चिमाञ्चल र पूर्वाञ्चलले भने खाता खोल्न सकेका छैनन्। 

कुन खेलमा कसले के पदक जिते?

 

१५ सय मिटर दौड महिला

१. नेपाल आर्मीकी सरस्वती भट्टराई ४ मिनेट ४३ सेकेन्ड

२. सशस्त्र प्रहरीकी फूलमति राना ४ मिनेट ५३ सेकेन्ड

३.नेपाल आर्मीकी लक्ष्मी पाण्डे ४ मिनेट ५६ सेकेन्ड

 

१५ सय मिटर दौड पुरुष

१. नेपाल आर्मीका हरिकुमार रिमाल ४ मिनेट ०४३ सेकेन्ड

२. नेपाल आर्मीका छत्र दाहाल ४ मिनेट ०४७ सेकेन्ड

३. नेपाल पुलिसका करण खड्का ४ मिनेट ११ सेकेन्ड

 

१०० मिटर दौड महिला

१. नेपाल आर्मी कृष्णा चौधरी १३.१६ सेकेन्ड

२. नेपाल आर्मीकी दुर्गा देवकोटा १३. २० सेकेन्ड

३. नेपाल प्रहरीकी पुलिसकी चन्द्रकला थापा १३.३२  सेकेन्ड

 

१०० मिटर दौड पुरुष

१. मध्यपश्चिमाञ्चल विकास क्षेत्र यमसाजन सुनार १०.७० सेकेन्ड

२. सशस्त्र प्रहरीका आशिष चौधरी ११.०८ सेकेन्ड

३. त्रिभुवन आर्मीका आनन्ददेव चौधरी ११.२० सेकेन्ड  

 

सटपुट महिला

१. नेपाल प्रहरीकी चन्द्रकला लामगाडे ११. ५६ मिटर

२. नेपाल आर्मीकी अमृता महतो १०. १२

३. नेपाल प्रहरीकी बसन्ती चौधरीले ९.७४

 

पुरुष सटपुट

१. त्रिभुवन आर्मीका टंक दाहाल १३. ५५ मिटर

२. नेपाल प्रहरीका पुस्कल खड्का १३. ५ मिटर

३. सशस्त्र प्रहरीका प्रेमप्रकाश खड्का १२.६८ मिटर

 

महिला हाइजम्प

१. नेपाल प्रहरीकी केशरी चौधरी १.५४ मिटर

२. सशस्त्र प्रहरीकी शिला चौधरी १. ५३ मिटर

३. नेपाल आर्मीकी प्रभा चौधरी १.४४ मिटर

 

पुरुष हाइजम्प

१. नेपाल आर्मीका सूर्य खत्री १. ८२ मिटर

२. मध्यमाञ्चलका अरुण राई १.७९ मिटर

३. नेपाल प्रहरीका गोपाल चौधरी १. ७५ मिटर

 

महिला फुटबल

१. सशस्त्र प्रहरी क्लब

२. नेपाल पुलिस क्लब

३. नेपाल आर्मी

 

कराँते पुरुष एकल काँता

१. सशस्त्र प्रहरीका पर्शुराम बाँस्तोला

२. नेपाली सेनाका डम्बरबहादुर आलेमगर

३. सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगर

कराँते महिला एकल काँता

१. नेपाल प्रहरीकी निर्मला तामाङ

२. मध्यमाञ्चलकी अप्सरा मोक्तान

३. सशस्त्र प्रहरीकी सरिता श्रेष्ठ र सुदूरपश्चिमकी वर्षा साउद

 

हेर्नुस् पदक तालिका

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.