|

बैतडी : ढुंगाले लागेर बैतडीमा एक महिलाको मृत्यु भएको छ।  मृत्यु हुनेमा सिगास गाउँपालिका ५ ढुङगाडकी २९ वर्षीया कित्थी चुनारा छिन्।

शुक्रवार बिहान स्थानीय जिनजेनी भीरमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुंगाले लागेर चुनाराको घटनास्थलमै मृत्यु भएको स्थानीय राजेन्द्र साउँदले जानकारी दिए।  मृतक महिला बिहान ८ बजे घाँस काट्न जिनजेनी भीरमा गएकी थिइन्।

 मृतक श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्। विगत केहीदिनदेखि बैतडीमा वर्षा भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.