|

पर्वत : हास्य कलाकार, अभिनेता तथा गायक हरिवंश आचार्यको स्वरमा रहेको ‘बुढो हुन मन छैन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा आचार्यकै शब्द रहेको गीतमा बुढेसकालमा हुने पीडा हास्यरसमा प्रस्तुत गरिएको छ–

बुढो हुन मन छैन लौन के गर्नु,
न उमेरलाई ब्याक गर्नु, न त प्याक गर्नु,
चाउरी पर्‍या छालालाई न त तन्काउनु,
न धमिलो आँखालाई कतै थन्क्याउनु,
कुप्रो पर्‍या ढाडलाई न त सोझ्उयानु,
न बाङ्गिएको घुँडोलाई प्वाक्क हिर्काउनु ।

गीतमा जीवित जलमीले संगीत संयोजन गरेका छन्। आचार्य र नरेन्द्र कसांकारले अभिनय गरेको म्युजिक भिडियोको छायांकन गरेका हुन्। मह सञ्चारमार्फत् सार्वजनिक गरिएको म्युजिक भिडियोको निर्देशन सुदन केसीले गरेका छन्।

हेर्नुहोस् भिडियो–

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.